निरज बस्नेत
विराटनगर, माघ ८
कुरो को चुरो म्याजिक यात्रा बाट गरौं ।
इटहरीदेखी विराटनगर आउने क्रममा आइतवार जम्मा १५ जना यात्रु यात्रा गर्ने क्रममा ३ जना नर्स , जो विराट नर्सिङ होम, विराटनगरमा कार्यरत थिँए । ३ नै जना एकदमै मिल्ने साथी थिएँ । तिनैजना स्टाफ नर्समा कार्यरत छन् ।
जीवनमा सेवामूलक क्षेत्र रोज्नुलाई यी तिनै आफुलाई गर्व गर्छन् । विरामीको सेवा सधैभरि गर्ने पेशा रोजेको प्रति यिनीहरुलाई राम्रो लागेको छ । परिवारको साथ समर्थन साथसाथै छ । तथापी सेवा अनुसारको मेवा नपाउँदा अलिक खल्लो चाही छ ।
वेलावेलामा विदेश जाने पनि सोचाई मनमा नआएको हैन । तरपनि आफ्नै ठाउँमा केही गरौं भन्ने हुटहुटीले यिनीहरुलाई सचेत गराएकै कारण यो नर्सिङ पेशा मन परेकै छ । सवैको इच्छा, चाहना, आकांक्षा हुन्छ । जसको परिपूर्ति पैसाले नै गर्छ । इमान्दारीताका साथ भन्नुपर्दा आज निजी क्षेत्रका अस्पतालहरुले नर्सहरु लगायत अन्य धेरैको श्रम शोषण गरेकै छन् । वास्तविकता यही हो ।
श्रमको उचित पारिश्रमिक नदिदा आज धेरै स्किलफूल मेनपावर विदेशिन बाध्य पारिएको गतिला प्रमाण छन् । यधपी राज्यले यसमा पहल कदमी पटक्कै चालेको देखिदैन । अझ यस्ता श्रम शोणणवालाहरुकै वोलवाला छ । यस्तालाई मलजल राज्यले नै गर्दछ । फलतः दिनानुदिन परदेशिनुको अर्को विकल्प पनि देखिन्न ।
मुखले जति नै ठूला गफ फलाकेपनि व्यवहारतः कार्यान्वयन हुदैन । यी यस्तै गफगाफ यात्रा अवधीभर विराट नर्सिङ होममा कार्यरत यी नर्सहरुले गरेको यो कुरा हो । आकर्षण बढ्दो छ । बर्षेनी हजारौंको संख्यामा नर्स उत्पादन हुन्छ । तरपनि, विस्तारै नर्सिङ पेशामा निराशाका बादलहरु मडारिदै छन् । पढाई महँगो छ । पढाई अनुसारको न कमाई छ । न त इज्जत नै छ ।