०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

रविको मुद्दामा नेताको आलोचना किन ?

Logo
प्रकाशित शुक्रबार, भाद्र ०६, २०७६

काठमाडौं, भाद्र ६
रवि लामेछाने अहिले प्रहरी हिरासतमा छन् । र प्रपञ्च रचि रविलाई फसाउन खोजेएको रविका समर्थकहरुले राजनितिज्ञहरुलाई आरोप लगाईरहेका छन् । विषेश गरी केपी ओली र प्रचण्डले रिसिबि साध्नका लागी उनलाई फसाउन खोजेको रवि पक्षधरको आरोप छ ।
तर गहिरो अध्ययन गर्ने हो भने यस घटनामा राजनितिक कुनै पनि संलग्नत देखिदैन् । रवि लामेछानेले नै गर्दा आफु मर्न बाध्य भएको पत्रकार सालिकराम पुडासैनीको भिडियो सार्वजनिक भएपछि अनुसन्धान प्रक्रिया अनुसार नै प्रहरीले रविलाई नियन्त्रणमा लिएको देखिन्छ । त्यसलगतै जिल्ला अदालत चितवनले उनलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पाईन्छ । पाँच दिनभत्रि पनि अनुसान्धान नसकिएपछि आदालतले पुनःपाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनिएको पाउन सकिन्छ ।
यो प्रक्रियालाई सर्सर्ती निहाल्दा कतै पनि अहिलेसम्म राजनितिक प्रभाव परेको देखिदैन् ।
सामान्यता यस्तो प्रकृतिको प्राय मुद्दाहरुमा म्याद थप गरी अनुसन्धानलाई अघि बढाउने नै अभियास छ । र यो पहिलैदेखि अभियास गरिदै आएको अनुसन्धानको सामान्य प्रक्रिया नै हो । तर रवि पक्षधरहरु भने यस किसमिको मुद्दामा यसै गरी अनुसन्धान गर्ने गरिन्छ भन्ने कुरा मान्न तयार छैनन् ।
नियन्त्रणमा लिनु त सामान्य कुरा भयो, यदी अदालतका नजिरहरुलाई  (पुराना आदेश) निहाल्ने हो भने रिवलाई थुनामा राख्ने आदेश भयो भने पनि शंसकित हुनुपर्ने अवस्था छैन् । किनभने आदलतले यस खाले थुप्रै मुद्दाहरुमा धेरैलाई पुर्पक्षामा थुनिसकेको नजिरहरु छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]