०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटचोकमा १५ दिने महोत्सव लाग्दै…

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०५, २०७९

निरज बस्नेत
विराटचोक, मोरङ, फागुन ५
मोरङको विराटचोकमा १५ दिने कृषि, पर्यटन र व्यापार महोत्सव लाग्दैछ । सो कुराको जानकारी महोत्सव संयोजक भविन पाण्डेले जानकारी गराएका छन् ।

यही फागुन ७ गते महोत्सव शुरु हुनेछ । २१ फागुनमा महोत्सव सकिनेछ । झरना यूवा क्लव सुन्दरहरैंचा–९ मोरङको आयोजनामा हुन लागेको सो महोत्सवमा कम्तिमा ५० स्टलहरु समाविष्ट रहने कुरा क्लवका अध्यक्ष प्रह्लाद पाठकले बताएका छन् ।

युवा उद्यमशिलता, देशको आवश्यकता, स्लोगन बाकेको यस महोत्सवमा राष्ट्रिय कलाकारहरु, प्रमोद खरेल, रचना रिमाल, कमल खत्री, एलिना चौहान, मेलिना राई लगायतको समेत जोडदार प्रस्तुती रहने कुरा संयोजक पाण्डेले बताएँ ।

महोत्सवमा दैनिक उपभोग्य वस्तु तथा सेवाहरु, कृषि उत्पादनहरु, इलेक्ट्रोनिक्स आइटमहरु, लगायतका स्टलहरु रहने जानकारी अध्यक्ष पाठकले दिएका छन् । पाठकका अनुसार महोत्सवमा मनोरन्जनात्मक खेलहरु, फेशन शो, तथा अन्य विविध गतिविधिहरु समेत रहनेछन् ।

पिएलओ ल्युव मुख्य प्रायोजकमा रहेको छ । प्रणाम इट्टा प्रायोजकमा छ । सह–प्रायोजन श्री जि एन कंक्रिट उद्योग, प्रिन्स इट्टा प्रा लि , पिके कृषि सन्तुलित पशुदाना, कंचनजंगा इन्ड्रष्ट्रीज प्रा लि, एनपी ग्रुप, विबा लक्ष्मी ज्वेलर्स, टूबोर्ग वियर, जेएसआर आरएमसीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]