निरज बस्नेत
विराटनगर, फागुन ९
आज मंगलवार मैले यो लेख लेखिरहदाँ अझै मलाई त्यही दिनको साझको घटना दौडीरहन्छ । त्यस दिन तिमीले मेरो मायालाई लत्याएर अरुलाई अँगालेको कालो दिन थिँयो ।
त्यस दिनको त्यो कहालीलाग्दो, मलाई बज्रपात आइलागेको म अझै झल्झल्ती सम्झन्छु । त्यो दिन ग्याल्पो ल्होसारको दिन थिँयो । म शेर्पाको छोरो सोझो मोरोलाई तिमीले मेरो चोखो मायामा मलाई युज एण्ड थ्रो, गरी मिल्कादिएको दिन म कहाँ पो विर्सन सक्छु । मरीकाटे सक्दिन । हुन त आज मेरो जीन्दगी तिम्रोभन्दा वेस्ट भएको छ । जे हुन्छ, राम्रकै लागि हुन्छ । आज मलाई सवैभन्दा राम्री मेरी जिवन संगिनीले औधी माया गर्छिन् । यस मानेमा म आफुलाई भाग्यमानी नै मान्छु ।
तरपनि तिम्रो जीन्दगी तहसनहस भएको हेर्दा मलाई दिक्दार लाग्छ । म सिंगल भइदिएको भए आजपनि तिमीलाई अपनाउँथे । अफसोच म आज मेरो जीवनसाथीलाई कदापि धोका दिन सक्दिन । मैले त्यतीवेला कति धेरै पटक तिमीलाई सम्झाको थिँए ।
अहँ तिम्रो त्योवेला त्यही धोकेवाजप्रति नै माया जाग्यो । र, तिमी उसकै भयौं । त्यस फटाहाले आफ्नो स्वार्थ पूरागरी तिमीलाई सवैतिरबाट एक्लाएर फरार भयो । देखेउनी नराम्रोको फल…