०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

विराटनगरमा महिला दौंड

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

निरज बस्नेत
विराटनगर, फागुन २४
मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा महिला दौंड प्रतियोगिता सम्पन्न भएको छ । सो कुराको जानकारी फाउण्डेसनका प्रेसिडेन्ट चाँदवावु इराकीले गराएका छन् ।

इराकीका अनुसार अन्तराष्ट्रिय नारी दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको हो । विराटनगरमा रहेर इराकीले यस्ता थुप्रै उपलब्धिमूलक कार्यक्रम आयोजना गर्दे आइरहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका थिँए । मेयर कोइरालाले कार्यक्रमलाई सम्वोधन गर्दे, नारीलाई ३३ प्रतिशत अधिकारमा मात्र सिमित राख्नु नै गलत भएको भन्दै आगामी दिनमा महिला स्वंयम्ले आफ्नो हक अधिकारका लागि अग्रसर हुनुपर्ने बताएँ ।

त्यस्तैगरी कार्यक्रमको सभापतित्व आयोजक संस्था मातृभुमि फउण्डेसनका प्रसिडेन्ट इराकीले गरेका थिँए । कार्यक्रका सम्वन्धमा उनले प्रष्ट पारेका थिँए ।

कार्यक्रममा समाजका अन्य गन्यमान्य महानुभावहरुको राम्रै उपस्थिती रहेको थियो । यस लेडी रोड रन प्रतियोगितामा दर्जनौं महिलाहरुको सहभागिता रह्यो ।

कार्यक्रममा प्रथम, द्दितीय, तृतीय, चौथो हुनेलाई नगद पुरस्कार सहितको सम्मान गरियो । सहभागी अन्य सवैलाई स–सम्मान सर्टिफिकेट प्रदान समेत गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]