०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

विभिन्न समाजिक कार्य गरी लियाे युथ क्याम्प सम्पन्न

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९

विराटनगर फागुन २९
हरेक वर्ष झैं यस वर्ष पनि लियो जिल्ला ३२५ सि ले युथ क्याम्पको आयोजना गरेको छ। क्याम्पको उद्घाटन साेमबार धरान स्थित बिजयपुर क्लब हाउसमा जिल्ला गभर्नर लायन धिरज गुरुङको प्रमुख उपस्थितिमा भएकाे थियाे ।

पहिलो दिन सहभागि सम्पुर्ण लियो सदस्यहरुलाई नाम्जे स्थित ११३ वटा चिहानका ढुङ्गाले बनाइएको आत्माघर, सङ्घ्रालय, बौद्ध गुम्बा संगै नेपाल टेलिभिजनको टावर भएको भ्यु प्वाइन्ट लगायत को अवलोकन गराइएको लियो जिल्ला अध्यक्ष सिद्धार्थ शाहले जानकारी दिए ।

उक्त क्याम्प सागुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित थुम्की सामुदायिक होम स्टेमा रहेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि सप्पन्न भयाे । साेहि दिन क्याप फायर , नाचगान साथमा पाहुना सत्कारका लागि मगर जातिको बसोबास रहेको त्यस स्थानमा होम्स्टेको तर्फबाट मगर जातिहरुको सांस्कृतिक नाच हुर्‍रा प्रस्तुत गरिएको थियो।

त्यसैगरी दोश्रोदिन पनि लियो ट्रेजर हण्ट, लियो ट्यालेण्ट हण्ट प्रस्तुत त्यसैगरी नगर प्रमुखको प्रमुख आतिथ्यमा ग्रामीण जनता माबिका बिद्यार्थिलाई खेलकुद साथै स्टेसनरीका सामाग्रीहरु बितरण , युथ अवेरनेस कार्यक्रम, लियो क्लब अफ धरान बुढासुब्बाकी प्रेसिडेन्ट लियो मनिसा बिश्वकर्मा द्वारा विद्यार्थीहरुलाई सेल्फ डिफेन्स तालिम , थुम्कीका स्थानीयबासिहरुका लागि दन्त शिविर र आँखा शिविरको पनि आफुहरुले आयोजना गरिएकाे क्याम्पका संयाेजक मनिल दहालले जानकारी दिए। आफुहरुले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि समेत सहयोग पुर्याउने उद्देश्यका साथ होम स्टे जाने बाटोमा स्वागत बोर्ड समेत राखेको क्याम्प सचिव लियो प्रेसिका निरौलाले जानकारी दिइन् ।

कार्यक्रमको समापन सत्र भने नाम्जे होम स्टेको सामुदायिक भवनमा गरिएको थियो जसमा विभिन्न लायन्स प्रतिनिधिहरु साथमा लियो क्लब चेयरमेन लियो लायन चांदबाबु इराकीको समेत उपस्थित रहेको थियो। कार्यक्रममा इराकीले सम्पुर्ण सहभागीहरुलाई सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरे। त्यसैगरी सम्पु लियोहरुका अभिभावकका रूपमा रहेका इराकीले विभिन्न विधाहरुमा बिजयी हुने सहभागीहरुलाई विभिन्न उपाधीहरुमा पुरस्कार प्रधान गरेकाे लियो जिल्ला उपाध्यक्ष लियो नवराज सिंह खड्काले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]