०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

विराटनगरमा अहिंसाका लागि म्याराथन दौंड

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र १७
विराटनगरमा शनिवार (भोली) अहिंसाका लागि म्याराथन दौंड हुने भएको छ । सो कुराको जानकारी जीतो लेडिज विंग विराटनगरकी अध्यक्ष सन्तोष जैनले दिएकी छिन् ।

अध्यक्ष जैनका अनुसार स्थानीय जैन भवनबाट उक्त दौंड शुरु हुनेछ । विराटनगरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जैनले सो को वारेमा बताइन् ।

दौंडमा महिला–पुरुष गरेर ४५० को सहभागिता रहनेछ । यो ऐतिहासिक म्याराथान दौंड विराटनगरमा मात्र नभएर विश्वभरका २३ मुलुकका ५५ शहरमा एकसाथ आयोजना हुदैछ ।

विराटनगरको दौंडमा सहभागीले ३, ५ र १० किमीको दूरी तय गर्नुपर्ने हुन्छ । प्रतियोगिताको १० किमी दौंडमा प्रथम हुने महिला–पुरुषलाई २१ हजार क्यास प्राइज छ । ५ किमीमा प्रथम हुने महिला–पुरुषलाई ११ हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तैगरी ३ किमीको दूरी तय गर्नेलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । एकैसाथ शुरु हुने दौंडमा लामो दूरी १० किमीमा ४५ जना, ५ किमीमा १६५ जना तथा ३ किमी दौंडका लागि २३० जनाको नाम रजिष्टर गरेको कुरा आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]