०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

धनकुटामा १४० ज्येष्ठ नागरिक सम्मानीत

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

धनकुटा, चैत २० 

नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो ।

महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५÷३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएको छ । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

समाजमा योगदान गर्ने महालक्ष्मी नगर क्षेत्रका करिब ३ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिने एमाले नेता एवं महालक्ष्मी नगरपालिकाका पूर्व नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिरहेका छौं,’ नेता नेपालले भने, ‘हरेक वडाका करिब ३५ जनाका दरले नगर भरका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गछौं ।’

ज्येष्ठ नागरिकहरुलाई एमाले नेताहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गर्ने गरेका छन् । एमालेले फागुन ५ गतेबाट देशभर सुरु गरेको मिसन ग्रासरुट अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुदैछ । पार्टी सुदृढिकरण तथा विस्तारका लागि टोल, वडा र पालिका केन्द्रित अभियान सञ्चालन भइरहेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]