काठमाडाैं
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कांग्रेस सभापति शेर बहादुर देउवाका पत्नि आरजु देउवा राणालाई हैटाैँडामा एक युवकले कालो झण्डा देखाउने प्रयास गरेका छन् ।
साे क्रममा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एक कार्यक्रममा सहभागी हुन बिहीवार हेटौंडा आएकी केन्द्रीय सदस्य राणालाई कालो झण्डा देखाउन खोजको भन्दै स्थानीय कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएकाे छ । युवकलाई हेटौंडा–२ स्थित कान्तिराजपथबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरीले जनाएकाे छ ।
आरजु देउवा राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै कोइरालाले बिहीवार आफ्नो फेसबुक पेजमा राणाको बिरोध गर्दै बहिष्कारको लागि आग्रह समेत गरेका थिए । कांग्रेस नेतृ राणाले उद्घाटन गर्ने भनिएको हेटौँडा २ मा रहेको सुपरमार्केटको उद्घाटन स्थलमा कालो झण्डा देखाएर विरोध गर्ने पक्राउ परेका कोइरालाकाे तयारी रहेकाे बुझिएकाे छ ।