०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

स्वर्ण जयन्तीको पहिलो कार्यक्रम निःशुल्क आँखा शिविर

३८ जनाको निःशुल्क आँखाको शल्यक्रिया
Logo
निरज बस्नेत प्रकाशित शनिबार, जेठ १३, २०८०

आँखा शिविरमा आँखा जाँच गर्दे चिकित्सक

विराटनगर, १३
विराटनगरको प्रतिष्ठित सामाजिक संस्था अतिथि सदनमा शनिवार आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । अतिथि सदनको स्वर्ण जयन्तीको अवसरमा उक्त कार्यक्रम गरिएको आँखा शिविर कार्यक्रमका संयोजक जितेन्द्र कुमार राठीले बताएँ ।

सो अवसरमा १८४ जनाले निःशुल्क आँखा परिक्षण गराएको कुरा संयोजक राठीले जानकारी दिएका छन् । यी मध्ये ३८ जनाकोनिःशुल्क आँखाको शल्यक्रिया समेत भएको छ ।

यसक्रममा, रामलाल गोल्छा आँखा अस्पताल, विराटनगर महानगर तथा अतिथि सदनको संयुक्त आयोजना रहेको कुरा संयोजक राठीले बताएका छन् ।

कार्यक्रममा अतिथि सदनका अध्यक्ष दिनेश गोल्छा, सचिव ललित कुमार लोहिया, सहसचिव कृष्ण कुमार शर्माको उपस्थिती रह्यो । त्यस्तैगरी स्वर्ण जयन्ती समारोह समितिका सचिव संजय दुगड, का.का. समिति सदस्य राम अवतार अग्रवाल, अशोक कुमार अग्रवाल, विमल कुमार अग्रवाल, निवर्तमान अध्यक्ष नन्द किशोर राठी, वडा सदस्य जितेन्द्र कुमार अग्रवाल लगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो । यता महानगरको प्रतिनिधिका रुपमा रेखा राजभण्डारीको पनि उपस्थिती देखियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]