काठमाडौं, भदौ ९
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ५ लाख रुपैया धरौटीमा छोड्न आदेश दिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीसँगै पक्राउ परेका, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिईएको छ ।
सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको एकल इजलासले यस्तो आदेश दिएको हो ।