✍ हेमराज बास्तोला
आउ जाउं सुन्न ति नदीका सुसेलीहरु
आउ जाउं स्पर्स गर्न वायुका ति स्पन्दनहरु।
मैले सास फेर्ने ति अदृश्य प्राणहरु!
शन्द नै हुन मैले बांच्ने प्रमाणहरु।
छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।
एकान्तमा भौरारिदा एक्लै यो आनन्द भेटे
अदृश्य ति छालहरु मनभित्र मडारिएको देखे।
खोज्दै सुन्दर त्यो तिम्रो सुवास लेखे
अनि तरंगका यि भावनाहरु पोखे।
छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।
अस्पष्ट अनि जटिल तिम्रो तस्विर कोर्न
कोशिश जारी छ हरपल शब्दका चट्टान फोर्न।
आकार दिनु छ मैले आकाशबाट थुतेर केही,
टौवा हैन परालको यो, शब्दको हो खरबारी।
छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।
घरी घरी लाग्छ केही, यहाँ! शब्दकै छ खडेरी
आउ कवित आउ लिनु छ तस्विर मैले फेरी।
छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।