२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

“सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या भयाे”

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, साउन ०५, २०८०

विराटनगर,साउन ५
सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएकाछन् ।
बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे ।

मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक बजेटसमेत उपलब्ध गराउन नसकेको सदस्यसचिव वाग्लेले जानकारी दिए । उनले भने, ‘खेलकुदलाई सक्रिय बनाउँदै, खेलाडी उत्पादन र राष्ट्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन आवश्यक बजेटको माग प्रधानमन्त्रीसमक्ष समेत गरेका थियौं। खेलकुदलाई पुराना अवस्थाबाट बाहिर निकाल्दै विकासित गर्न पहल गरिदिन माग गरेका थियौं । तर सोचे जस्तो हुन सकेन । हामीलाई सरकारले राखेको बजेटका १ प्रतिशत रकम मात्र निकासा गरिदिए हुने थियो । तर, त्यो समेत हुन सकेको छैन ।’

सीमित बजेट दिएर खेलकुदको विकास र खेलाडी उत्पादन गर्न निकै गाह्रो हुने गरेको बताएका सदस्यसचिव वाग्लेले खेललाई चलायमान बनाउन सबैले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । यद्धपी उनले आउँदो मंसिर र पुषभित्र प्रदेशमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए ।

कार्यक्रममा बास्केटबलका केन्द्रीय अध्यक्ष भीमसिंह गुरुङले सात प्रदेशमध्ये कोसी प्रदेशबाट प्रदेशस्तरीय संघ गठनको सुरुआत भएको जानकारी दिए। केन्द्रीय महाधिवेशनको तयारीका क्रममा संघ रहेको बताएका अध्यक्ष गुरुङले प्रदेशमा संघ गठन गर्ने कोसी पहिलो भएको उल्लेख गरे ।
उनले विराटनगरका मनिष गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको बताए। कार्य समितिमा उपाध्यक्ष दिव्यराज गुरुङ, रोशन राई, सचिवमा सरोज लम्साल, कोषाध्यक्षमा प्रविन राउत रहेका केन्द्रीय अध्यक्ष गुरुङको भनाई छ।
कार्यक्रममा प्रदेशकी पूर्व सभासदस्य विन्दिया कार्की तथा बास्केटबलका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]