०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

रविलाई बोल्न पनि प्रतिबन्ध

अन्तिम टुंगो नलागेसम्म मृत पुडासैनीको मुद्दामा बोल्न प्रतिबन्ध
Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

चितवन, भाद्र १०
संचारकर्मी रवि लामिछानेले मृत शालिकराम पुडासैनीको बारेमा सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका रविलाई जिल्ला अदालत चितवनले उक्त विषयमा बोल्न प्रतिबन्ध लगाएको हो ।
सोमाबार थुनछेक बहसपछि लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न भनिएको छ ।
साथै अभियुक्तहरुलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म समाजिक संजाल तथा टेलिभिजन वा कुनै पनि संचारमाध्यमबाट यस विषयको बारे चर्चा गर्न अभियुक्तहरुले नपाउने भएका छन् । मुद्दा प्रक्रिया तथा अनुसन्धानमा प्रभाव पर्न सक्ने संभावनालाई मध्यनजर गर्दै उनीलाई यस विषयमा अदालतले बोल्न प्रतिबन्ध लगाएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]