०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना

नेपाल तथा भारतको राष्ट्रिय गाना बजाउँदा कार्यक्रमको शोभा बढाएको थियो ।
Logo
निरज बस्नेत प्रकाशित शनिबार, साउन २७, २०८०

विराटनगर, श्रावण २७
मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा १२ अगष्टको दिनमा सो कार्यक्रम आयोजना गरिएको कुरा फाउण्डेशनका अध्यक्ष चाँद वावु इराकीले जानकारी गराए ।

विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिएँ ।

मन्त्री मोदीले आफ्नो मन्तव्य राख्दै भने, युवाको हात हातमा अहिले चुरोट छ । रेष्टुरेण्टका विल छन् । अहिलेको युवापुस्ता यस्तो कुलतमा लागेको देख्दा आफुलाई दुःख लागेको बताएँ ।

आफु पनि कुनै समयमा युवा नै हुदा र अहिले पनि युवानै रहेको भन्दै, यही नमस्कार होटलमानै कुनै समयमा आफुले वेटरको काम गरेको कुरा स्मरण समेत गरे । र, जुनबेला आफु भुमिगत राजनीति गर्दाताका बखतमा विराटनगरका विभिन्न होटलमा आफ्नो अमूल्य युवा उमेर विताएको कुरा बताउँदै, जीवनमा आफुले धेरै नै संघर्ष गरेको बताउँदै सोही क्रममा अढाई बर्ष जेल जीवन विताएको बताएँ ।

आफु अहिले यो स्थानसम्म यसरीनै संघर्षको मैदानबाट नै आएको भन्दै अहिलेका युवाले मिहिनेत गरेको खण्डमा भोलीको दिनमा अवश्यनै नेपालको राष्ट्रपति, प्रधानमन्त्री हुने बताउँदै कार्यक्रममा उपस्थित युवाहरुलाई मार्ग दर्शन गरे ।

कार्यक्रमको सभापतित्व फाउण्डेशनका अध्यक्ष चाँद वावु इराकीले गरेका थिएँ । कार्यक्रममा नेपाल, भारत बाट विभिन्न सफल व्यक्तित्व लगायतको राम्रो उपस्थिती रहेको थियो । समाजमा रहेर आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिनेहरु केहीलाई पुरस्कृत पनि गरिएको थियो । नेपाल तथा भारतको राष्ट्रिय गाना बजाउँदा कार्यक्रमको शोभा बढाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]