विराटनगर, कार्तिक १३
मिन बहादुर गुरुङको एकल लगानी भनिएको भाटभटेनी सुपरमार्केटले बर्षेनी २०० करोडको लगानी भन्दै देशका प्रमुख शहरहरुमा आलिसान महल ठहराइरहेको छ । देशभित्रै लगानी गर्नु राम्रो कुरा हो । अनि देशका युवा–युवतीलाई स्वदेशमै रोजगार दिनुपनि राम्रै हो । तर, यो सँगै सामाजिक उतरदायित्व पनि त केही हुन्छ नी ? यसतर्फ यसका संचालक मिनले खासै चासो राखेको पटक्कै देखिदैन । के, बर्षेनी २०० करोडको महल बनाउनु मात्रै सफलता हो त ? यससम्वन्धमा स्वं यसका संचालक मिन सँग पनि चित्तबुझ्दो जवाफ छैन । अनि यहाँ कार्यरत कर्मचारीले त कामै खुस्केला भन्ने डरले बोल्ने कुरै भएन ।
भाटभटेनीको अर्को शाखा, आउँदो २७ वैशाखमा दमकमा खोल्ने यसअघिनै जनाइसकेको छ । नेपालकै ठूलो भनिएको इटहरीको भाटभटेनी त घाटामा चलिरहेको छ । दशैंमा समेत यहाँस्थित भाटभटेनीमा न्यून व्यापार भएको कुरा यहाँ कार्यरत कर्मचारीले बताएँ । धरानको पनि हालात त्यस्तै छ । विराटनगरको चाँही नाफामै छ भनेर भनिएको छ । पूर्वको विर्तामोडको त पर्ख र हेर को स्थितीमा छ । किनकी यो त केही समय अगाडीनै खुलेको हो । राजधानीका भाटभटेनीको केहीको राम्रो त होला तर अन्यको हकमा नोक्सानीनै छ । व्यापार–व्यवसाय त्यति छैन , भनेर त संचालक मिननै स्वीकार्छन् ।
अधिकांश भाटभटेनीको भुँइतल्लामा खाधान्न आइटम राखिएको हुन्छ । फेरी खाधान्न आइटम बजार भाउ भन्दा केही सस्तोमा बेचिन्छ । भनिन्छ नि हात्तीको देखाउने दाँत, यही काम गर्दे आएको छ । लुगाफाटामा पेलेर नाफा लिन्छन् । जुत्ता, चप्पल, फर्निचर, भाडा वर्तन लगायतका सामान त ब्राण्डेडको नाममा ब्रम्ह्लूट मच्चाइको छ । हो, यही कारण भाटभटेनीले नाफाखोर व्यापार गरेकै छ । अनि बर्षेनी २०० करोडको आलिसान महल त बन्नेनै भयो हैन त ?