०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा खुल्याे प्रसिद्ध ‘बाजेको सेकुवा’ रेष्टुरेण्ट

विराटनगरमा १९ औं आउटलेट, अमेरिकामा समेत ३ रेष्टुरेण्ट संचालनमा
Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

निरज बस्नेत
विराटनगर,कार्तिक २४
‘बाजेको सेकुवा’ रेष्टुरेण्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । उद्घाटन समाराेहमा  बाजेको सेकुवाका  संस्थापक स्वर्गीय दीनानाथ भण्डारी र खिला राजेश्वरी भण्डारीको प्रतिमालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अनावरण गरे ।

कार्यक्रममा मन्त्यव दिदै उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुरानाले  नेपालकाे प्रसिद्ध ब्राण्ड बाजेकाे सेकुवालाई विराटनगरमा भित्र्याएकाेमा धन्यवाद व्यक्त गरे । त्यसै गरी व्यापार संघ माेरङका अध्यक्ष नविन रिजालले नेपाली ब्राण्डकाे बाजेकाे सेकुवालाई केएफसी र मेकडाेनल्डजस्तै अन्तराष्ट्रियस्तरमा बिक्ने बस्तु बनाउन भन्दै शुभकामना व्यक्त गरे। अन्तमा रेष्टुरेण्टका संचालक चेतन भण्डारीले विराटनगरवासीले बाजेकाे सेकुवालाई हाैसला प्रदान गर्दै मनपराईदिएकाेमा धन्यवाद व्यक्त गरे ।

रेस्टुरेण्टका भुईं तला र पहिलो तलामा गरेर १५० जना अटाउने सक्ने क्षमता भएकाे रष्टुरेण्टका साझेदार केशव पाेखरेलले जानकारी दिएका छन् । र रेष्टुरेण्टभित्रै ५० जनासम्मको सेमिनार, कार्यशाला समेत  हुनसक्ने प्रवन्ध रहेको पाेखरेलले बताए । बाजेकाे सेकुवासँगै  रेष्टुरेण्ट परिसरभित्रै विश्व प्रसिद्ध बास्किन राेविनकाे आईसक्रिम पार्लर समेत संचालनमा ल्याईएकाे छ ।

४७ वर्षे इतिहास बाेकेकाे बाजेकाे सेकुवा नेपालकाे प्रसिद्ध सहरहरुमा बाहेक पनि संयुक्त राज्य अमेरिकामा समेत ३ वटा छुटै रेष्टुरेण्टहरु रहेकाे छ ।  सुरुवाती दिनमा संस्थापक भण्डारी दम्पतीले काठमाडाैंकाे सडक पेटीमा सेकुवा पाेलेर शुरु गरेकाे व्यापार अहिले अधिराज्यकै सबैभन्दा ठुलाे बारबेक्यू रेष्टुरेण्ट बनेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]