०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

कानुन विपरीत विराटनगरको क्यासिनोमा स्वदेशीलाई जुवा खेलाईदै

प्रहरीकाे मिलेमताे, अन्य निकाय बेखबर
Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, कार्तिक २६, २०८०

विराटनगर,कार्तिक २६
कानुनतः नेपालको क्यासिनोमा स्वदेशीहरुलाई जुवा खेलाउन पाईदैन । तर सो कानुनी प्रावधानको खिल्ली उडाउँदै विराटनगरको क्यासिनो संचालकहरुले स्थानीय उद्योगी, व्यापारी तथा आम सर्वसाधरणहरुलाई निर्वाध रुपमा जुवा खेलाउदै आएका छन् ।

विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा नेपालीहरुलाई निर्वाध रुपमा जुवा खेलाईरहेको पाईएको छ । यस क्यासीनोमा नेपालीलाई प्रवेशमा रोकटोक छैन । क्यासीनोमा प्रवेश गर्दा विदेशी नागरिक भएको पुष्टी हुने आईडी कार्ड अनिवार्य देखाउनु पर्ने नियम छ । तर यस क्यासीनोेले आईडी अनिवार्य चेक गर्नुपर्ने नियमको पालाना गरेको छैन ।

विराटनगरमा रहेका क्यासीनोहरुको मुख्य ग्राहक भारतीय हुन् । विराटनगर महानगरपालिका भारतीय सिमासँग जोडिएको कारणले गर्दा नजिकको प्रान्त विहार, वेष्ट वेंगाल, सिक्कीम, झारखण्डबाट भारतिय पर्यटकहरुलाई विराटनगर घुम्न र जुवा खेल्न आउन सजिलो पर्दछ । तर च्याम्पेन जोनका संचालक रामकृष्ण गौतमले भारतका सहरहरुमा प्रचार गर्नुको सट्टा विराटनगरकै व्यापारी तथा सर्वसाधरणलाई जुवाको पासो थापिरहेक छन् । टाढा टाढा रहेका भारतीय ग्राहक नियमित नआउने भएकाले गौतमले विराटनगरवासीलाई नै जुवाको लतमा फसाएर दैनिक कमाउ धन्दा चलाईरहेका छन् ।

विश्वसनीय सुत्रका अनुसार च्याम्पेन जोनका संचालक रामकृष्ण गौतम जुवाडी खोज्न आफै विराटनगर लगायत नजिकको शहरबजार डुल्ने गर्दछन् । उनको दिनचर्या नँया नँया व्यवसायी तथा सर्वसाधरणसँग चिनजान बढाउन र उनीहरुलाई क्यासीनोमा घुम्न आउने निम्तो दिदैँ बित्दछ । यसरी निम्तोमा क्यासीनो आउने जो कोहीलाई पनि मदिरा, महिला र जुवाको लतमा फसाएर दैनिक पैशा अठ्याउने गौतमको रणनीति आजसम्म चल्दै आएको छ ।
स्थानीय ग्राहक जुवा खेल्न आउन छोडे स्वयम् रामकृष्ण गौतमले फोन गरेर उनीहरुलाई बोलाउने गर्दछन् । सो क्यासीनोकै ग्राहक समेत रहेका विराटनगरका एक व्यापारी भन्छन् “ग्राहक दुई चार दिन क्यासीनो आउन छाेडे, किन माया मार्नु भएको भन्दै ग्राहकलाई गौतम जीको फोन आईहाल्छ” उनले थपे “त्यती गर्दा पनि नआए, ग्राहकलाई कसरी क्यासीनो फर्काउने अनेक वहाँले तिकडम लगाउनु हुन्छ।” ग्राहक सजिलै फर्किन नमाने रक्सी अथवा परिवारको लागी उपहार बोकेर घरै पुग्ने त्यसरी पनि नमाने महिला स्टाफलाई फाने गर्न लगाउने लगायत अनेक तिकडक फिटाउने गरेको स्रोत बताउँछ ।

प्रहरीको मिलेमतो, अन्य निकाय बेखबर
स्वदेशीलाई क्यासीनोमा लुकाईछिपाई जुवा खेलाउन विल्कुलै सम्भव छैन । केही प्रहरी अधिकरीसँगको मिलेमत्तोमा विराटनगरको क्यासीनोमा नेपालीलाई निर्वाध जुवा खेलाउने काम भईरहेको बुझ्नमा आएको छ । सो मिलेमत्तोको विषयमा बेला बेला संचालक गौतम आफैले जिकिर गर्ने गरेको स्रोत बताउँछ । चेकिङको डरले क्यासीनो आउन नमान्ने ग्राहकहरुलाई आफुले प्रहरी खरिद गरिसकेको र क्यासीनोमा बिना जानकारी कोही पनि चेकिङमा आउन नसक्ने भन्दै गौतमले ढाडस दिने गरेको स्रोत सुनाउँछ ।

यो विषयलाई हेर्ने निकाय प्रहरी मात्र होईन अन्य सरकारी संयन्त्रहरु समेत छन् । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, संवन्धित पालिकालाई समेत क्यासिनोको रेखी तथा अनुगमन गर्ने अधिकार छ । तर क्यासीनोमा नेपालीहरुनै लुट्ईरहेको विषयमा यी निकायहरु बेखबर हुँदा सिमित धन्धा चालउनेहरुको चाँदी कटाई भईरहेको छ ।

महानगर जिम्मेवार बन्नुपर्छ
यस विषयमा सबैभन्दा बढी विराटनगर महानगरपालिका चनाखो हुनु पर्ने आवश्यक देखिन्छ । किनभने महानगरपालिका यँहाको स्थानीय सरकार हो, सरकारले जनताको दुःख बुझेर समस्याको समाधान गर्न सक्नु पर्दछ । जुवाको लतले विराटनगरको सायौं परिवार आर्थिक सकंटमा गुज्रीरहँदा पनि महानगरका जनप्रतिनिधिले सुईको समेत चाल पाउन नसक्नु यो सरकारको कमजोरी हो । जे गरेर भएपनि विराटनगरमा रहेको क्यासीनोमा स्थानीयहरुलाई प्रवेशमा बन्देज गराउनु महानगरपालिकाको जिम्मेवारी हो ।

जुवाको कारण आर्थिक संकट, परिवारमा तनाव एवं कोलाहाल
गौतमको क्यासीनोका कारण अहिले विराटनगरका सयौं घर परिवार आर्थिक संकटमा छन् । जुवाको लतको कारणले धेरै मानिसहरु ठुलो ऋणको फन्दामा परेका छन् भने कति त बेघर हुने अवस्थामा पुगी सकेका छन् ।
धनढीया मात्र होईन समान्य आय भएको मान्छेलाई समेत कंगाल पार्ने गौतमको निति छ । सोही कारण गौतमले समान्य आय भएका साधारण व्यक्तिहरुलाई पनि जुवाको जालमा पारिरहेका हुन्छन् । गौतमको क्यासीनोमा जुवा खेल्ने धेरैले घर घडेरी एवं श्रीमतिकोे गहनासम्म बेचीसकेको छन् । दैनिक घरखर्च श्रीमानकै कमाईबाट चलीरहेको परिवार अहिले सापटी र ऋण काढेर जिवन चलाईरहेका छन् । श्रीमानको सो व्यवहारले दैनिकजसो घरपरिवारमा झैझगडा भईरहेको हुन्छ ।

को जिम्मेवार ?
यसको मुख्य जिम्मेवार क्यासीनो संचालक रहेपनि बराबर दोष क्यासीनोमा जुवा खेल्न जाने व्यक्तीको पनि हो । जुवा खेलाउने मात्र होईन, खेल्ने पनि अपराधी नै हो । सोही कारण अब समाजमा रहेको यस्तो अपराधीहरुलाई पनि रंगेहात पक्राउ गरी बेनकाप गर्नु जरुरी छ । ससंगै प्रहरी जस्तो अहंम जिम्मेवार संस्थाले जुवा खेलाउनुजस्तो घिनलाग्दो अपराधलाई नियन्त्रण गर्नुको सट्टा प्रर्वद्धन हुने कदम सार्नु कदापी बाञ्छनीय होईन । यस्तो अपराधमा संलग्न भएका प्रहरीहरु पत्ता लगाई उनीहरु उपर ठोस कारवाही चलाउनु जरुरी छ ।
पिडित पारिवार चुप लागेर बस्दा पनि जुवा खेलाउने र खेल्नेको मनोबल बढ्दै गएको देखिन्छ । अन्त्यमा पिडा सबै परिवारले नै खेप्नुपर्ने हुँदा, परिवारका सदस्यहरु बेलैमा सजग भएकै जाती हो । यदी कसैको परिवारमा यस्तो समस्या छ भने प्रहरी, मिडिया, नागरिक सामाज वा संवन्धित निकायहरुलाई बेलैमा खबर गरौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]