०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

नितिगत निर्णयपछि अब प्राविधिक रूपमा बन्द गर्ने तयारी
Logo
निरज बस्नेत प्रकाशित सोमबार, कार्तिक २७, २०८०

निरज बस्नेत
विराटनगर, कार्तिक २७

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरिएको हाे ।
टिकटक बन्द गर्ने नीतिगत निर्णय भएपछि अब प्राविधिक रूपमा टिकटक बन्द गर्ने सरकारकाे तयारी छ ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि  टिकटकले समाजमा अनेकाै समस्या निम्तियाएकाे निस्कर्ष सहित सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकले समाजमा समाजिक सद्भाव बिगार्ने गरेकाे, मानसिक समस्या उत्पन्न गर्ने गरेकाे, पारिवारिक माहाेलमा खलल पुर्याएकाे आलाेचकहरुकाे बुझाई छ ।

त्यस्तै टिकटकका समर्थकले टिकटकबाट दैनिक नेपालीले कराैडाै‌ रुपैयाँ कमाउने गरेकाे, कला तथा क्षमता प्रदर्शनीकाे लागी ठुलाे पिल्याटफर्म भएकाे  एव‌ं समाजिक एकता र भैपरिमा एकजुट भई सहयाेग जुटाउन सजिलाे हुने गरकाे बताउने गरेकाे छन् ।

पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको प्रहरीकाे तथ्यांक छ । साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच केही समाय देखि यस विषयमा छलफल हुँदै आएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]