०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

पुस ६ देखि विराटनगरमा व्यापार मेला

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, मंसिर १२, २०८०

विराटनगर, मंसिर १२
विराटनगरमा पुस पहिलाे सातादेखि ट्रेड एक्स्पाे  आयोजना हुने भएको छ। साे एक्स्पाे पुस ६ देखि १६ गते विराटनगरकाे श‌ंकरपुर खेलमैदानमा गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ ।

संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले “मोरङ व्यापार संघ एक्सपो ” नाम दिएर प्रदर्शनी आयोजना गर्न लागिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए। रिजालले विगतको भन्दा फरक र आकर्षक स्टलहरू प्रदर्शनीमा राख्ने तयारी गरिएको जानकारी दिए। एक्सपाेमा हाराहारी ३ सय व्यवसायीक स्टलहरु राख्ने आयाेजककाे तयारी छ ।

एक्सपोमा ६० फिट अग्लाे आइफिल टावरको कपी समेत राखिने बताईएको छ । साथै बालबालिकाकाे लागी किड्सजोन लगायतकाे प्रबन्ध समेत गरिने भएकाे छ । एक्सपो संयोजकको जिम्मेबारी अनिलकुमार साह र सहसंयोजकको जिम्मेबारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]