०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

कोशीमा प्रधानमन्त्रीकप लागि महिला क्रिकेट खेलाडी छनोट खेल सम्पन्न

Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

झापा, मंसिर २२
आसन्न टी २० प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताको लागी कोशी प्रदेशमा महिला क्रिकेट खेलाडीको छनोट खेल शुक्रबार सम्पन्न भएको छ । कोशी प्रदेश क्रिकेट संघको आयोजनामा बुधबारबाट झापाको काकडभिट्टामा सो छनोट खेल शुरु भएको हो ।

छनोटको लागी दैनिक एक म्याच गरि कुल ३ वटा म्याच आयोजना भएको थियो । सबै म्याचमा झापाले मोरङ माथि जित हासिल गर्न सफल बनेको छ ।
अयोजकका अनुसार यसपटकको छनोट खेलमा मोरङ र झापाको टोलीले मात्र सहयागीता जनाएका थिए । अघिल्ला वर्षका छनोट खेलहरुमा प्रदेशबाट पाँचवटासम्म जिल्लाहरुको सहभागिता रहने गरेको थियो । सो छनोट खेल सातै प्रदेशमा चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]