०२ बैशाख २०८२, मंगलबार
15-04-2025 , Tue
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

सटर फुटाएर डकैती गर्ने सात पक्राउ

मुख्य योजनाकार भने फरार
Logo
प्रकाशित शुक्रबार, भाद्र १३, २०७६

विराटनगर, भाद्र १३
विराटनगरमा श्रृंखलाबद्ध रुपले डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डकैतको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक रहेका छन् । भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान रहेको छन् । त्यस्तै नेपाली नगरिकमा रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर रहेका छन् ।
प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी डकैत र डकैतीका घटनाहरु सार्वजनिक गरेको छ । सातै जना डकैतलाई मोरङको पथरी नगरपालिका–१ बाट बिहिवारनै पक्राउ गरेको प्रहरीले जनाकारी दिएको छ ।
पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार डकैतहरुले पछिल्लो पटक मंगलबार(भाद्र १०) बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट छ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेका थिए ।
। त्यस अघि गत साउन २३ गते विहान विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्के्टिङ हाउस नामक किराना पसलबाट चार लाख तथा सटर पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको प्रहरीको भनाइ छ । यी दुवै पसलको पनि सटर फुटाएरै डकैतहरुले पैशा लुटुको बताईएको छ ।

डकैतीमा प्रयोग हुने स्कोरपिओ

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपिओ प्रयोग गर्ने गरेको खुलेको छ । उक्त स्कोरपिओ प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय विराटनगरमा डकैती गरिसकेपछि सातै जना सोही स्कोरपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा रहेको थियो । त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पथरीशनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुवाट विभिन्न समयमा गरिएको डकैतिको प्राप्त सिसी टिभी फुजेटबाट उनीलाई पक्राउ गर्न सकिएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सातवटा मोबाइल सेट, १२ हजार आठ सय ५० नेपाली र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपिओ गाडी, एउटा नेपाली र नौवटा भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुईवटा, सातवटा गाम्छा, दुईवटा तन्ना र दुईवटा तौलिया र चारवटा झोला बरामद भएको छ ।
प्रहरीका अनुसार यही समूहमा रहेका भारत मधुवनीकै मोहम्मद कलाम पक्राउ परेका बेला स्कोरपिओ गाडीमा भेटिएनन् । प्रहरीका अनुसार स्कोरपिओ गाडीमा नभेटिएका कलाम नेपालमा डकैती गर्ने घटनाको मुख्य योजनाकार हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]