बिराटनगर, मंसिर २६
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मंगलबार मोरङको बिराटनगर महानगरपालिका-१२दरैया स्थितसम्पन्नबस्तीमा अवस्थित ६० घरधुरीमाबसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरीएको हो। उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु, वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बरालज्यु तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा सम्पन्न भएको छ ।