०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

वीरगंजको मेयरले पाए ‘मच्छर’ उपनाम, नगरभरी चौतर्फी विरोध

''आउ वीरजंगलाई यो मच्छरबाट बचाउ"
Logo
प्रकाशित शुक्रबार, भाद्र १३, २०७६

वीरगंज, भाद्र १३
महानगरवासीको खुन चुस्ने काम वीरगंजको मेयर बिजय सेरावगीले गरको भन्दै उनलाई मच्छरको उपनाम दिईएको छ ।
मेयर सरावगीले गरेको कार्यमा व्यापक भ्रष्टाचारी र ब्रम्हलुट भएको भन्दै अहिले विरगंजमा चरणबद्ध अन्दोलन हुन थालेको छ । निर्वाचन ताका सरावगीले गरेको बाचा पुरा नभएको भन्दै विरगंजमा अहिले सडक जाम, र्याली, ताला बन्दी तथा हस्ताक्षर अभियान ठाउँ ठाउँमा सुरु भएको छ ।
सरवागीको कार्यशैलीको विरोध गर्दै मंगलवार मात्रै पर्साको सदरमुकाम विरगंजमा नेबिसंघले सडक जाम गरि आफ्नों असन्तुष्टी जाहेर गरेको थियो । त्यसको २४ घण्टा नबित्दै बुधवार राजपा नेपालले महानगर तथा मेयरको बिरोधमा अर्को विशाल -याली निकालेको थियो ।


राजपा नेपालका महासचिव राजेशमान सिंहको नेतृत्वामा निकालिएको उक्त -यालीले नगरको बिभिन्न भागको परिक्रमा गरि महानगरमा पुगेर मेयर सरावगीलाई ज्ञापन–पत्र समेत बुझाएको थियो । -यालीमा सहभागीहरुले “वीरगंजलाई सत्यनाश गर्न मच्छर यही हो” , “आउ वीरजंगलाई यो मच्छरबाट बचाउँ” लगाएतका प्लेकार्ड बोकेका थिए ।
राजपा नेपालका नेता तथा कार्यकताहरुले बिरगंजको जिल्ला प्रहरी कार्यालय अगाडी रहेको रातो बंगलाबाट उक्त -याली निकालेको थियो ।
यालीपछिको विरोधसभालाई राजपा नेपालका महासचिव राजेशमान सिंह, महिला नेत्री रम्भा मिश्र, नगर अध्यक्ष प्रेमबाबु पटेलले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनीहरुले जनताको चहना अनुसार नगरमा काम हुन नसकेको, नगरमा भष्ट्चार बढ्दै गएको, करको दर बढाएर नगरवासीलाई दुख दिएको मेयर सरावगीलाई आरोप लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]