०२ बैशाख २०८२, मंगलबार
15-04-2025 , Tue
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

विराटनगरमा खुल्याे ‘जेन्सपार्क’काे आउटलेट

विराटनगरको सेन्ट्रल मलमा स्वदेशी रेडिमेड कपडा ब्राण्ड 'जेन्सपार्क' को आधिकारिक आउटलेट बिहिबारबाट खुलेकाे छ
Logo
निरज बस्नेत प्रकाशित बिहिबार, मंसिर २८, २०८०

विराटनगर, मंसिर २७
विराटनगरको सेन्ट्रल मलमा स्वदेशी रेडिमेड कपडा ब्राण्ड ‘जेन्सपार्क’ को आधिकारिक आउटलेट बिहिबारबाट खुलेकाे छ ।  मलको भुईतल्लामा सेन्ट्रल बजार सञ्चालन गरिरहेको राकेश जैनको समूहले जेन्सपार्क रेडिमेड कपडाको आउटलेट स‌ंचालनमा ल्याएका हुन् ।

बिहीबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आउटलेटकाे उद्घाटन गरेका थिए ।  साे आउटलेटमा २५ लाख भन्दा बढि रकम लगानी लागेकाे संचालकले जानकारी दिएका छन् । बिना गार्मेन्ट उद्योगले जेन्सपार्कको ब्राण्डमा सर्ट, पेन्ट, कोट लगायतका कपडाको विभिन्न रेडिमेड सामान उत्पादन गरिरहेकाे छ । उक्त ब्राण्डकाे आउटलेट काठमाडौं ,पोखरा बुटवलमा समेत स‌ंचालनमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]