२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

विराटनगरमा खेल मैदानको अभाव

Logo
राम खत्री प्रकाशित मंगलबार, पुष ०३, २०८०

विराटनगर, पुष ०३
विराटनगरमा तिव्र बस्ती विकास हुदाँ खेलमैदानको रुपमा प्रयोग हुदै आएको यहाँका खाली मैदानहरु मासिदै गएको छ । खाली जग्गाहरुमा घर तथा व्यवसायीक भवनहरु बनाउने क्रम बढेपछि अहिले यहाँका बालबालिका तथा युवाहरुलाई आउटडोर गेम खेल्नको लागी समेत खाली मैदानको अभाव हुन थालको छ ।

बिगतमा जो कोहीपनि निशुल्क प्रवेश गरी खेल्न पाउने सहिद रंगशाला र वैधनाथपुर क्रिकेट मैदान जस्ता खेल मैदानमा समेत अहिले सर्वसाधरणलाई खेल्न बन्देज लगाईएको छ । फाटफुट नीजि लगानीमा खोलिएका फुटसल तथा कृत्रिम खेलमैदानहरु पनि शुल्क तिरेरमा मात्र खेल्न पाईन्छ । यस्ता खेलमैदानमा गरिब तथा निमुखा जनताको छोराछोरीले पैशा तिरेर खेल्न सक्ने अवस्था छैन । चाइल्ड राइट नेटवर्ककाे एक सर्वेक्षण अनुसार बिराटनगर महानगर क्षेत्रका १२ प्रतशित बालबालिकाले मात्र १ किलोमिटरको दुरीमा सुरक्षित खेल मैदानमा खेल्न पाउँछन । बाँकी रहेका बालबालिकाहरु सडक बाटो, प्रदषित र असुरक्षित ठाँउमा खेल्न बाध्य छन् ।

खेल मैदान संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकारको हो । तर विराटनगर महानगरपालिका भने मैदान संरक्षण गर्ने विषयमा खासै गम्भीर भएको देखिएको छैन । बालिबालिका तथा युवाहरुको सर्वाङ्गीण विकासको लागी समेत हरेक समुदायमा कम्तीमा एउटा खेलमैदान हुन आवश्यक छ तर विडम्मवना विराटनगर महानगरपालिका भित्रै खुला चौर भेट्न समेत अहिले मुश्किल छ । महानगरसँग जग्गा नभएको भने हैन । महानगरभित्र ठाँउमा ठाँउमा सर्वाजनिक जग्गालाई पनि छ, तर ति जग्गाहरुलाई महानगरले उपयुक्त प्रयोगमा ल्याउन सकेको छैन । त्यस्ता सार्वजनिक जग्गालाई समेत खेलमैदान बनाउदाँ उपयुक्त हुने देखिन्छ ।

केहि समयअघि मात्र घाेषित भएको प्रादेशिक राजधानी विराटनगरमा दिनानुदिन निमार्णका कामहरु भईरहेको छ । विकासको प्रक्रियाले बाँकी रहेका खाली जग्गाहरुलाई अझै खुम्चाईरहेको छ । सोहीकारण महानगरपालिकाले अहिलेदेखिनै खेलमैदानको लागी खाली जग्गा संरक्षण गर्न जरुरी देखिएको छ । कम्युनिटि भित्र खालि जग्गा नभए, जग्गा खरिद गरेर भएपनि खेलमैदान बनाउन आवश्यक छ । किनभने खेलमैदान आज र भोली जहिले लागी पनि आवश्यक चिज हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]