२८ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

एकै दिनमा ४० हजार बढीले गरे एक्स्पाेकाे अवलोकन

‘मोरंग व्यापार संघ एक्स्पो–२०२३’ मा नयाँ किर्तिमान
Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, पुष १६, २०८०

विराटनगर, पुष १६ । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो–२०२३’ मा नयाँ किर्तिमान रचिएको छ ।

शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबारपनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध खुशी भएका छन् । एक्स्पोमा अर्गानिक फलफूल र खाद्यान्न, लत्ताकपडा, प्लाष्टिकका सामान, चियापत्ति, कार्पेट, पाइप, टायर, अन्तर्राष्ट्रिय स्टल, खाद्यान्न, साबुन सर्फ, उन्नत जातको विउ र भुरा माछा, अटोमोबाइल्स पाइने स्टलमा अत्याधिक भीड देखिएको छ ।
एक्स्पोमा प्रविधिको भरपुर उपयोग गरिएको छ । पहिलोपल्ट डिजिटल परिचयपत्र लागु गरिएको छ । क्यू आर कोडको माध्यमबाट परिचय पत्र सक्कली हो की नक्कली हो भने तुरून्तै जानकारी पाइने व्यवस्था गरिएको छ । उत्पादनकर्तालाई स्टल छान्ने सुविधापनि डिजिटल माध्यमबाट नै प्रदान गरिँदा स्टल व्यवस्थापन खासै कठिन भएन ।
छानीरोजी गुणस्तरीय सामान किन्न पाइने हुँदा एक्स्पोमा सर्वसाधारणको अत्याधिक रूची देखिएको हो । मनोरञ्जन र खानाका विविध परिकार पाइने स्टलका कारणपनि एक्स्पोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । पुस ६ गतेदेखि ११ गतेसम्म संचालनमा रहेको एक्स्पोको म्याद बढाउनपनि सर्वसाधारणले दवाव दिन थालेका छन् । संघका अध्यक्ष नविन रिजालले सोमबार एक्स्पोको समापन हुने बताए । उनले व्यवस्थापकीय र प्राविधिक कठिनाई रहेकोले एक्स्पोको म्याद लम्ब्याउन नसकिने बताए । सोमबार एक्सपोको समापन गरिएपनि यसदिन विहान ११ बजेदेखि साँझ ९ बजेसम्म सदाझैं चल्ने अध्यक्ष रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]