२९ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

कोहिनुर मसाज जाउ – शरीर फूर्तिलो पारौं

विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ ।
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, पुष १७, २०८०

विराटनगर, पुष १७
कोहिनुर अर्थात हिरा, नामै काफी छ । नाम जस्तै आज कोहिनुर मसाज पनि चर्चित छ । विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ ।

वास्तवमा बढ्दै गएको व्यस्तताका कारण मानिसको शरीर दिनप्रतिदिन थकित बन्दै गइरहेको हुन्छ । तर, समय अनुसार या भनौं शरीरको शिथिलता अनुसार मान्छेले आफ्नै लागि पर्याप्त समय दिन पाएको हुदैन । हो, यहीँनीर कोहिनुर स्पा एण्ड मसाज सेन्टरले तपाइको थकाइ अनि शिथिलतालाई मात्रै १ घण्टामै फूर्तिलो बनाइदिन्छ ।

संचालकका साथै यहाँ कार्यरत ८ जना स्टाफको राम्रो बोली, व्यवहारका कारण आज यहाँस्थित मसाज सेन्टरमा , विराटनगरदेखी, नजिकै रहेको दुहवी, इटहरी, धरान, लगायत छिमेकी भारतका विभिन्न ठाउँहरुबाट राम्रै संख्यामा मानिसहरु समय निकालेर स्पा एण्ड मसाजको आनन्दमा हराउन आइपुग्छन् ।

अन्य ठाउँको तुलनामा यहाँ फूल वडी मसाज एकदमै सस्तो प्रति घण्टा रु. १००० मात्र पर्छ । विज्ञहरु भन्छन् , हप्ता, १५ दिनमा प्रत्येक मानिसको लागि आजको समयमा स्पा एण्ड मसाजको आवश्यकता पर्दछ । यसवाट मानव शरीरमा एकप्रकारको तन्दुरुस्ती त शरीरले पाउँछ । जसका कारण मानिसको दिमाग पनि तेज बन्दछ । परिणाम मानिसले चाहेको कार्य सही समयमा गर्नपनि सक्दछ ।

समयचक्रसँगै मानिसभित्र मसाज सेन्टरलाई हेर्ने गलत नजर पनि विस्तारै आफै मत्थर बन्दैछ । आजको दिनमा कोहिनुर स्पा एण्ड मसाज सेन्टरले विराटनगरको अलावा, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, भैरहवा, घोराही, लगायतका ठाउँमा राम्रो सेवा दिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]