०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

गोयलद्वारा झापाका विद्यार्थीलाई सहयाेग : २ सय जनालाई न्यानाे कपडा, १५ जनालाई छात्रवृत्ति

Logo
खेम पाैडेल प्रकाशित शनिबार, पुष २१, २०८०

विर्तामाेड,पुष २१ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले शनिबार झापाको भद्रपुर नगरपालिका–५ स्थित गौतमबुद्ध आधारभुत विद्यालयका २ सय भन्दा बढि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । न्यानाे कपडासँगै उनले १५ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेका छन् । विद्यालयको ६०औं वार्षिकोत्सवको अवसरमा अफ्ना दाजु स्व.ओमप्रकाश गोयललाई सम्झदै उनले झापाका विद्यार्थीलाई सहयाेग गरेकाे हुन् । 

कार्यक्रममा समाजसेवी दिनबन्धुसहित प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्त, विद्यालयका प्रधानाध्यापक शोभा गुरुङ लगाएत विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई जाडोको न्यानो कपडा र छात्रवृत्ति वितरण गरेका थिए । दाजु स्व.ओमप्रकाश गोयलको स्मृतिमा उनले हरेक वर्ष यसैगरि विद्यार्थीहरुलाई सहयाेग गर्ने गरेका छन् । 

समाजसेवी गाेयलकाे नेपालका धेरै उद्याेगधन्दाहरुमा लगानी समेत छ। उनकाे ति कम्पनीहरुमा ठुलाे सेयर हिस्सा रहेपनि आफु कार्यकारी पदमा कहिले बस्ने गरेका छैनन् । उनीले आफ्ना कम्पनीहरुबाट आउने मुनाफाहरु प्रायजसाे दानधर्म गरेरै सदुपयाेग गर्ने गरेका छन् । आफुले गरेकाे दानधर्मकाे प्रचारप्रसार गर्न गाेयल खासै रुचाउदैनन् । तर साेसल मिडिया तथा संचारमाध्यमहरुबाट आफुले गरेकाे काम अरुले देखेपछि समाजसेवा गर्ने प्रेरणा सवैलाई विकास हुने गाेयलकाे विश्वास छ । गाेयलले ‌‌‍‍‍औपचारिक रुपमा मात्र नभई अनाैपचारीक रुपमा पनि गरिब दुखीलाई दिनैजसाे सहयाेग गरिरहेका हुन्छन् । मर्दा–पर्दा, विवाह, विरामी, क्रिया अदिमा लग्ने खर्च उनले गरिबका लागी सधैनै उठाईदिने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]