२८ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

बर्जु महोत्सवको समुद्घाटन माननीय भगवती चौंधरीले गर्ने

पाँचौ बर्जु महोत्सवको समुद्घाटन शुक्रवार, भोली माननीय भगवती चौंधरीद्दारा हुनेछ
Logo
निरज बस्नेत प्रकाशित बिहिबार, पुष २६, २०८०

बर्जु/सुनसरी, पुष २६
पाँचौ बर्जु महोत्सवको समुद्घाटन शुक्रवार, भोली माननीय भगवती चौंधरीद्दारा हुने भएकाेछ । सो कुराको जानकारी महोत्सवका संयोजक श्रवण चौंधरीले विहीवार आयोजित पत्रकार सम्मेलनका दौरानमा दिएका छन् ।

महोत्सव बर्जु तालको १ नं. गेटको खुला चौरमा हुनेछ । यो कुराको जानकारी बर्जु सामुदायिक विकास केन्द्रका सचिव, सन्जिव चौंधरीले गराएका छन् । १५२ विघा क्षेत्रफलमा फैलिएको चिमडी बर्जु ताल भने प्रचारप्रचारकै कारणले आजसम्म ओझेलमा परेको देखिन्छ । तरपनि बर्जुकै स्थानीय समाजसेवीद्दय, श्रवण तथा सन्जिवको तदारुकताका कारण यो महोत्सव पाँचौंपटक हुन गइरहेको छ ।

महोत्सवलाई आकर्षक बनाउन , प्रत्येक दिन स्थानीय कलाकारको साथमा राष्ट्रिय कलाकारहरुको जोडदार प्रस्तुती रहने कुरापनि पत्रकार सम्मेलनका क्रममा जानकारी गराइएको थियो । नाम चलेका कलाकारहरु, ज्योती मगर, र्धुमुस–सुन्तली, मुस्कान चौधरी, शुशिला कार्की, प्रिति पासवान, भगवत मण्डल, निरुता साह र माही मनिस लगायत रहेका छन् । महोत्सवमा सांगितिक माहौलका अलावा, प्रत्येक दिन दिनको ३ बजेदेखी कुस्ती–दंगल समेत हुने कुराको जानकारी संयोजक श्रवणले बताएका  छन् । कुस्तीमा  नेपाल तथा भारतका पहलवानहरु दुवै समावेश हुनेछन् । उनका अनुसार मनोरन्जनात्मक खेलहरु, झुला, रोटेपिङ, ड्रागन रेल, मिक्की माउस आदी रहनेछ ।

विशेषतः महोत्सवमा १०० जना स्थानीय जेष्ठ नागरिकलाई समेत आयोजकले सम्मान गर्ने सचिव सन्जिव बताउँछन् । महोत्सवमा ३० स्टल हुनेछन् । साथै महोत्सवलाई भव्य – सव्य बनाउन १०० जना स्वयंसेवकको पनि व्यवस्था आयोजकले गरेको छ । त्यस्तैगरी शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालित हुनेनै छन् ।

सिसी क्यामेरा १० ठाउँमा जडान हुनेछन् । महोत्सव पुष २७ गतेदेखी माघ ११ गतेसम्म गरी जम्मा १४ दिनसम्म लाग्नेछ । महोत्सवको समय दैनिक विहान १० बजेदेखी राती १० बजेसम्म चल्नेछ । कोशी प्रदेशको सवैभन्दा ठूलो जलाशय प्रदेश राजधानी विराटनगरदेखी ८ कि. मी. पश्चिममा बर्जु ताल अवस्थित छ । बर्जु गाउँपालिकाको ऐतिहासिक धरोहर पर्यटकीय स्थल महाभारत काल खण्ड सँग जोडिएको ५ पाण्डवहरु द्रोपदी तिर्खाएको बेला पानी खोज्न जाँदा बकुल्ला उडेका ठाउँमा अवश्य पानी होला भनेर पानी लिन जाँदा पालैपालो ५ पाण्डव मुर्छित भएको यो ताल आफैमा पौराणिक पनि छदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]