विराटनगर, माघ १२
कपडा व्यवसायहरु अहिले मन्दीकाे असरले ठुलो संकटमा परेका छन् । वर्तमान अवस्थामा कपडाको बिक्री वितरण न्युन छ । ठुला शहरहरुमा झन् व्यापार घटेर व्यापारीहरु वेहाल छन्। एकतिर विविध कारणले आम्दानी घटीरहेकाे छ आर्काेतर्फ खर्च भने बढेकाे बढै छ।
कपडा-बजारकाे स्थिती बुझ्न बिराटनगरलाई नुमना मानेर हेर्ने हो भने, यँहा कपडाको पसल फुटपाथ देखि मलसम्म यत्रतत्र खुलेका छन् । व्यापारमा तिव्र प्रतिस्पर्धा र ग्राहक संख्यामा कमी आउँदा कपडा व्यावसायीलाई पसलकै मासिक खर्च समेत धान्न हम्मेहम्मे छ । बरगाछी चौकदेखि चादनी चौकसम्म विगतका केही बर्षमा ४ देखि ५ वटामात्र कपडा पसल थिए तर अहिले १/२ बर्षको अन्तरालमा १५ देखि २० वटा कपडा पसलहरु संचालनमा आइसकेका छन् । मुख्य बजारमा सरदर मासिक पाँचवटा नँया पसल खुल्ने र साेही अनुपातमा बन्द समेत हुने गरेकाे छ । अहिले मन्दीकाे कारण खुल्नेभन्दा बन्द गर्नेकाे शंख्या ह्वातै बढेकाे छ ।
विराटनगरका कपडा व्यवसायी मनाेज चौधरी भन्छन् “एक दुई बर्ष अगाडिसम्म हाम्रा पसलमा शनिवार कपडा बेच्न भ्याइ नभ्याई हुन्थ्यो तर आज भाली शनिवार त पसलमा मान्छे नै आउदैनन्, जनतासँग पैसा नहुदाँ क्रयशक्तिमा कमी आएकाे छ । जनताहरु पहिले जस्तो कपडामा खर्च गर्न सक्ने स्थितीमा छैनन्।” चाैधरी अगाडी थप्छन “कपडाका पारखी भनेका युवाहरु नै हुन तर नेपालका २५ प्रतिशत युवा बैदेशिक रोजगारीमा छन्, देशको एक चौथाइ जंनसख्या बेदेशिएका छन् । अझ विदेश जानेकाे शंख्या दिनानुदिन बढेकाे बढैछ । देशमा भएका अधिकांश काम गर्ने युवाहरु पनि सीमित तलवमा काम गरीराखेका छन् । धेरै युवाहरु बेरोजगार छन् । याे अवस्थामा लुगा कसरी बिक्छ?”
खुला सिमा पनि यँहाकाे व्यवसायीहरुकाे लागी ठुलाे टाउकाे दुखाईकाे विषय बनेकाे छ। नाका खुला हुदाँ बिराटनगरका ग्राहकहरु पनि कपडा किन्न सीमा पारी भारत, जाेगबनी तिरै जने गरेका छन् जसका कारण यहाँको कपडा व्यापारीलाई ठुलाे धक्का पुगेकाे छ । विराटनगरका सरदर ८० प्रतिशत ग्राहक नियमित कपडा तथा खाद्यान्न खरिद गर्न भारतकाे जाेगबनीतर्फ धाउने गरेकाे विराटनगरका व्यापारीबाट रफ आकडा उपलब्ध भएकाे छ ।
सरकारले पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि गर्दा ढुवानी खर्च समेत बढ्ने गरेकाे व्यापारीहरुकाे गुनसाे छ । अर्काेतर्फ बैंकको चर्को व्याजदरले थलीएको कपडा व्यवसायले वडादेखि केन्द्र केन्द्रसम्मकाे सरकारलाई अनेकाै प्रकारकाे कर बुझाउनु पर्नु व्यवास्थाले झनै ठुलाे चपेटामा परेकाे छ । एक दशकदेखि निरन्तर खस्किरहेकाे कपडा व्यावसाय काेभिडपछि तन्नमनै भएकाे व्यावसायीहरुकाे अनुभव छ । अहिले कपडा व्यवसाय गरेको आम्दानीले बैंकको ब्याज ,घरभाडा र कर्मचारीलाई भुक्तानी गर्न समेत नपुग्ने व्यावसायीकाे दुखेसाे छ ।