विराटनगर, माघ २६ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच बिहिबार स्वास्थ्य सम्झौता भएको छ । सम्झाैता अनुसार संघकाे सदस्य, कर्मचारी र कर्मचारी सँगआश्रित परिवारलाई सहुलियत दरमा विराट नर्सिङहोमले स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघ सहकार्यमा नर्सिङहोमले आगामी दिनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने दुईपक्षबिच समझदारी समेत भएको छ ।