काठमाडौं, भाद्र १८
भनिन्छ नि, ‘प्रकृतिले मानवको क्षति कहिले गर्दैन मानिस त आफैले बनाएको संरचना र व्यवस्थावाट पडित बन्न पुग्छ’ । बास्तवमा हो र छ,
यो घटनाको प्रतिनिधित्व काठमाडौंको मुलपानीमा रहेको एक घरले गरेको छ । जुन घर मंगलबार राति आएको अबिरल वर्षाको कारण डलेर भत्कन पुगेको छ । सो घर डल्नलाई समान्य भूकम्प समेत आउनु परेन पनिले माटो खुकुलो बनाएपछि घर ढलेर भत्कन पुगेको देखिन्छ । यो घर ढलेपछि मनमा दुईवटा प्रश्न जन्मन्छ ? पहिलो प्रश्न यो घर बनाउने ईन्जिनियर को हो ? र दास्रो घरको जग बनाउदा ईन्जिनियरले ध्यान पुर्याए वा पुर्याएनन् ? किनभने यो घर कमजोर जग कारण ढाल्न पुगेको स्पष्ट देख्न सकिन्छ ।
अर्को तर्फ उक्त घर भिरमा बनाईएको छ । भिरमा घर बनाउदा जग मुजबुद बनाईनुपर्छ वा माटोको मुजबुदीको परिक्षण गरिनुपर्छ भन्ने कुरामा समेत घरधनीले खासै ध्यान दिएजस्तो देखिदैन् ।
वास्तबमा, प्रकृतिले मानिसलाई कहिल्यै सिधा असर पुर्याएको हुदैन् । मानिसहरु आफैले बनाएको कमजोर संरचारको
र व्यवस्थाको कारण क्षति भोग्नु परिरहेको हुन्छ । केही अपबादहरु बाहेक, “घर उसकै भगाउछ जसले खोला अतिक्रमण गरी घर बनाउछ । घर उसैकको भत्कछन् जसको जग कमजोर हुन्छन्”
२०७२ सालमा नेपालमा आएको भूकम्पले पनि ठुलो क्षति पुर्याएको थियो । उक्त विषयमा अनुसान्धान गर्दा मानव निर्मित कमजोर संरचानाहरु ढलेर ठुलो क्षती भएको अनुसन्धानकर्ताले पुष्टी गरेका थिए ।