विराटनगर । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगरमा मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । आयाेजक नेपाल अग्रवाल युवा मञ्चले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियाेताबारे जानकारी गराएको हो । १० औं संस्करणको साे एमपिएल विराटनगरमा २मा रहेकाे शंकरपुरको खेल मैदानमा हुने आयाेजकले जनाकारी दिएकाे छ ।
एमपिएलमा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसवी टाइटन टिम गरी पाँच टोलीको सहभागिता रहने अध्यक्ष मनिष अग्रवालले जानकारी दिए । विजयी टिमलाई नगद ६१ हजार रुपैयाँको साथै ट्रफि, मेडल र प्रमाणपत्र प्रधान गर्ने आयाेजकले व्यवस्था मिलाएकाे छ । त्यस्तै उपविजेताले २१ हजार रुपैयाँ साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि आयाेजकले पुरस्कृत गर्ने भएकाे छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि पुरस्कार दिने तयारी गरिएकाे छ । त्यसैगरी प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत आयाेजकले विशेष पुरस्कार दिने भएकाे छ ।
पत्रकार सम्मेलनमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, एमपियल चियरमेन अभिषेक केडिया, एमपियल १०औं संस्करणका मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया र संयोजक निशान्त अग्रवालको सहभागिता रहेको थियो ।
प्रतियोगिता आयाेजनाका लागी ११ लाख खर्च हुने आयोजककाे अनुमान छ । साे प्रतियोगितालाई आनन्द ईट्टा, रमपम चाउचाउ, सेन्चुरियन, बाग्मती, लक्ष्मी सनराइज बैंक र मेट लाईफ इन्सुरेन्सले स्पोन्सर गरेका छन् । प्रतियोगिताको गत वर्षको विजेता महेश्वरी युवा मञ्चको प्रिमियर ११ रहेको थियो ।