०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

नोबल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, चैत्र ०३, २०८०

विराटनगर,३ चैत्र ।  विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थो बिभागमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ ।

सिरहाको फुल्काहकट्टी घर भएकी नर्स दास विराटनगर विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्ने गरेकी थिइन् । उनको आज दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको छ ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । हत्या संलग्न भएका व्यक्तिले चाबी दासको साथीलाई दिएर फरार भएका छन् ।

घटनापछि दासका प्रेमी भनिएका युवा फरार छन् । उनी २९ फागुनमा सिरहादेखि विराटनगरमा आएको देखिएको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । अहिले घटनाको अनुस्न्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ । पोस्मार्टम रिपोर्ट र थप अनुसन्धानपछि अरु विषय खुल्नेछ ,’ उनले भने ।

नर्स दासका साथीहरूका अनुसार उनका दुई जना प्रेमी थिए। ‘एक जना सीएमए र अर्को विदेशमा भएको २२–२३ वर्षीय पुरूष । उनीहरूको प्रेम सम्बन्धनमा दरार उत्पन्न भएपछि हत्याको रूपमा लिएको हुनसक्ने अनुसन्धानबाट देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले त्यही अनुरूप अनुसन्धान गर्दै अगाडी बढेको छौं ।’ दुई मध्ये कुन प्रेमीले हत्या गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेकोले प्रेमीको नाम अहिले गोप्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]