१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

मुस्लिम संघ मोरङले दियाे इफतारकाे दावत

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, चैत्र १७, २०८०

विराटनगर, चैत १७ । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ ।

नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो ।

शनिबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुली,मुस्लिम समुदायका अगुवा एवं नेपाली कांग्रेसका नेता हसन अन्सारी, एमाले नेता जीवन घिमिरे,कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, तमलोपाका मोहमद कादिर, नेकपा एसका नेता वसिम आलम, कांग्रेसका सलिम अन्सारीलगायत मुस्लिम समुदायका अगुवाहरुको सहभागिता थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]