विराटनगर, चैत १७ । रोट्रयाक्ट क्लब विराटनगरले शनिबार जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङकाे सहकार्यमा क्लबले विराटनगरकाे मेनराेड र जलजला राेडमा जेब्रा क्रसिङ चिन्ह बनाएकाे हाे ।
कार्यक्रममा क्लबका अध्यक्ष सजल सुवेदी , कार्यक्रम संयोजक अनिल रौनियार, उपाध्यक्ष प्रेम पारख, सह- सचिव आँशु निरौला , मेम्बरशिप कोर्डिनेटर बेनु खातिवडा लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमका बिच जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले सहकार्यका लागी क्लबलाई धन्यवाद समेत व्यक्त गरे ।
जेब्रा क्रसिङ निर्माण लागी विराटनगरकाे क्राेमा पेन्टसले रंग निशुल्क उपलब्ध गराएकाे छ । क्राेमा पेन्टस्ले पछिल्लाे समय देशकाे पुर्वी बजार तहल्का मच्चाएकाे छ । भारतकाे प्रसिद्ध रंगका नामहरु बट्टामा प्रयाेग गरी नेपालमा गुणस्तरहिन रंगहरु बनाउदै आएकाे स्वदेशका विभिन्न छदमवेशी रंग कम्पनीहरुलाई चुनाैती दिने गरी क्राेमा पेन्टस् बजारमा ल्याईएकाे हाे । क्राेमाका रंगहरु अरु कम्पनीकाे भन्दा गुणस्तरीय र सुलभ भएकाे कम्पनीकाे दावी छ । यस कम्पनीका संचालक महेश झा हुन् ।