१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, चैत्र १९, २०८०

काठमाडौं ,१८ चैत ।  पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए । उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ । जुम्लामा चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ । नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन । सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ । चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन ।’ उनले राजा ल्याउने राप्रपाको एजेन्डा भएकाले ‘राजा’ भन्न कुनै हिच्किचाहट नभएको भन्दै पूर्वराजा नभइ राजा भनेर सम्बोधन गरे ।

उनले भने,‘राजा भनेको शक्ति र सत्ता होइन, आस्था म राप्रपाको प्रवक्ता हो । राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ । राजा ल्याउने राप्रपाको एजेन्डा हो । त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन । दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन । पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुप-यो । राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो । अहिले देश अभिभावकविहीन भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]