०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

बोटबिरुवाको स्याहारमा विराटनगरको दर्शन नेपाल सक्रिय

Logo
निरज बस्नेत प्रकाशित सोमबार, चैत्र १९, २०८०

विराटनगर, चैत १९ । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी  सदस्यले शनिबार रोडशेषबाट वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको हो ।

कोरोनाकालदेखि विभिन्न समाजिक काम गर्दै आएकोे सो अभियानले विराटनगरको सौन्दर्यलाई बचाई राख्न उक्त कार्य शुरु गरेको अभियानका अध्यक्ष दिपक ढकालले बताए । हाईवे क्षेत्रमा सौन्दर्यकरणको लागि पहिलेदेखिनै रोपिएका तर हेरचाह नहुदाँ सुक्न पुगेका बोटबिरुवालाई पहिलो चरणमा जलमल गर्ने ढाकलको योजना छ । दास्रोचरणमा भने खाली ठाँउहरुमा नँया वृक्षारोपण गरी विराटनगरलाई हराभरा बनाउने अभियोनको लक्ष्य रहेको अध्यक्ष ढाकलले बताए ।

ढकालकै नेतृत्वमा अभियानले विराटनगरमा निःशुल्क शव बहान समेत संचालन गरिरहेको छ । त्यसबाहेक पनि क्यान्सर, मुटु रोग, मृगौलाका रोग लगाएतका गम्मभीर बिरामीसँग संर्घष गरिरहेकाहरुलाई पनि यस अभियानले सहयोग जुटाउँदै आएको छ । कारोनाकालको बेलापनि विराटनगरमा हजार बढी घरलाई निशुल्क सेनिटाईज गरी सो अभियानले चर्चा कमाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]