१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

विराटनगरमा ३७ औं गणगौर पूजा सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, चैत्र २८, २०८०

विराटनगर,२८ चैत । घरपरिवार सुख शान्तिको कामना गर्दै मारवाडी समुदायले विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव सोमबार मनाएको छ । नेपाल मारवाडी गणगौर र पूजा समितिले आयोजना गरेको महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो । मारवाडी समुदायका बालबालिका र महिलाहरुले विभिन्न प्रतिभा देखाउदै नृत्य तथा धार्मिक कलाहरु प्रस्तुत गरेका थिए ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेतृ तथा गीतकार अनिता सोनी, डा.तृप्ती अग्रवाल, किर्ति बोहरा, राजलक्ष्मी अग्रवाल, दीक्षा गोयल, समाजसेवी इन्दिरा रिजाल र मिनाक्षी नेपाल रहेका छन् । उनीहरुलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री थापाले धर्म,संस्कृति र परम्पराको जगेर्ना गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिइन् । यस्ता पर्वहरुले पारिवारिक मिलन गराउने र एक आपसमा सम्वन्ध प्रगाड बनाउने मन्त्री थापाको भनाइ थियो ।
यो पूजा मारवाडी समुदायका महिलाहरुले परापूर्वकालदेखी मनाउदै आइरहेको गणगौर पूजा समितिका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । सन्तान,श्रीमान् तथा समस्त परिवार कल्याणका लागि गणगौर पूजा गर्ने चलन रहेको राठीको भनाइ छ ।

महोत्सवको मुख्य संयोजक शितल बाहेती र संस्थापक अध्यक्ष मुलचन तापडियाले गणगौर पवित्र पर्व भएको बताएका थिए । कार्यक्रममा मारवाडी समुदायका अगुवा भिखमचन्द सरल,वेनीगोपाल मुन्दडा,देवकीनन्दन अग्रवाल,श्रवण अग्रवाल,अर्चना राठी,मिलन नौलखा ,रचना राठी,गिरिजा सारडा लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]