०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

जेष्ठ नागरिकलाई चतराकाे कुम्भ मेला प्रवेशमा सकस, प्रवेशद्वारबाटै फर्किए समाजसेवी गाेयल

Logo
निरज बस्नेत प्रकाशित सोमबार, बैशाख ०३, २०८१

विराटनगर, वैशाख ३ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले चतरकाे कुम्भ मेला व्यवस्थापन कमजाेर भएकाे प्रतिक्रिया दिएका छन् । जेष्ठ नागरिकलाई मेला स्थलसम्म पुग्नकाे लागि आयाेजकले कुनै पनि व्यवस्था नमिलाएकाे उनकाे गुनासाे छ । 

‍आईतवार मेलस्थलमा पुग्दा ट्राफिक प्रहरीले समेत आफुलाई अभद्र व्यवहार गरेकाे गाेयलकाे आराेप छ । उमेरले ७० उभाेका गाेयललाई ट्राफिक प्रहरीले कुम्भ मेला स्थलको ३ किलो मिटर ओरै गाडी राेकेर पैदल जान कठाेर बचन गरेपछी आफु मेलाकाे प्रवेशद्वारबाटै विराटनगरतर्फ फर्किएकाे गाेयलकाे भनाई छ । साे घटनाले आफुलाई दुखी बनाएकाे र जेष्ठ नागरिककाे लागी कुभ्म मेला प्रवेशमा सहज बनाईदिन आयाेजक समितिलाई गाेयलले आग्रह गरेका छन् ।

गाेयलले साे मेलामा भक्तजनको एक दिनको भोजन व्यवस्थापनका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग समेत गरेका छन् । 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]