०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

विराटनगरका सडक खाल्डाे पुर्दै “दर्शन नेपाल”

Logo
निरज बस्नेत प्रकाशित बुधबार, बैशाख १२, २०८१

विराटनगर, वैशाख १२ ।   विराटनगरको ‘दर्शन नेपाल नि:शुल्क अभियान’ले सडकमा रहेकाे खाल्डाेखुल्डी पुर्ने अभियानकाे थालनी गरेकाे छ । विगतकाे केहि वर्षदेखि निरन्तर समाजिक कार्यमा जुटेकाे साे अभियानले मंगलबार विराटनगरकाे विभिन्न सडकहरुमा रहेकाे खाल्डाेखुल्डीलाई पुरेकाे छ ।

साे अभियानकाे शुरुवात महेन्द्र माेरङ्ग क्याम्पसकाे मुख्यद्वारा अगाडि रहेकाे सडक खाल्डाेलाई पुरेर गरिएकाे छ । खाल्डाे पुर्ने अभियान अझ केहि दिनसम्म जारी रहने अभियानका अध्यक्ष दिपक ढकालले बताए । ढकाल भन्छन् “विराटनगरमा कता कता खाल्डाे छ, खाेज्दै जाने र पुर्दै जाने हाे । सकेसम्म सबै खाल्डाे पुरेर मात्र अर्काे कार्यतर्फ लाग्ने हाम्राे याेजना छ ।”

अभियानले खाल्डाेमा गिट्टी, बालुवा र सिमेन्टकाे मिश्रण हालेर सडक मर्मत गरिरहेकाे छ । साे सडक निर्माणकाे लागी अभियानका सबै सदस्यले निरन्तर श्रमदान समेत दिईरहेका छन् । यस अभियानका अध्यक्ष दिपक ढकाल, सचिब रबि ठकुरि, सदस्यहरु सीता बस्नेत, गोपाल लिम्बू, शशी दाहाल, भावना, सुनिता, मिरा दाहाल, योगेश भण्डारी, इन्दिरा पराजुली, फिरोज आलम रहेका छन् ।

दर्शन नेपाल नि:शुल्क अभियानले  नि:शुल्क शव बहानको व्यवस्था , विरुवा स्याहार कार्यक्रम,  नि:शुल्क एम्बुलेन्स सेवा, विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान जस्ता सामाजिक कार्यहरु निरन्तर गर्दै आएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]