०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्य रुपमा मनाउने

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, बैशाख १३, २०८१

काठमाडौं, वैशाख १३। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा विहीवार काठमाडौंमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव दीपक गुरुङले जानकारी दिए । गुरुङलाई नै उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ ।

२०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो । यस्तै, शुक्रबारदेखि नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा १९ गते सम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपमा आयोजना हुने नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता भब्य र सभ्य रुपमा सफल पार्न संघका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई अवनिवार्य उपस्थितीका साथै आ–आफ्नो तर्फबाट यथासक्य सहयोग पनि निर्णय गरिएको छ ।

बुद्धिचाल प्रतियोगिताका दौरान नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य स्वर्गिय राजेश हरि जोशीलाई मरणोप्रान्त र टेबल टेनिसका संस्थापक प्रशिक्षक एवं पूर्व मुख्य प्रशिक्षक रमेश राज जोशीलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ ।
कार्यसम्पादन समितिले लोकतान्त्रिक संघको अधिवेशनको खाका पनि अनुमोदन गरेको छ । जस अनुसार केन्द्रीय महाधिवेशन २०८१ माघ ३० गतेभित्र सम्पन्न गर्ने गरी तालिका पारित गरेको हो । जस अनुसार वडा इकाई अधिवेशन भदौ २१ गतेसम्म सम्पन्न गर्ने मिति तय गरिएको छ भने पालिका अधिवेशन भदौ ३१ सम्ममा सम्पन्न गर्ने उल्लेख छ । त्यस्तै, असोज ३० गतेसम्म क्षेत्रीय (प्रदेश सभा तथा संसदीय निर्वाचन) अधिवेशन गर्ने र जिल्ला अधिवेशन कार्तिक ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी प्रदेश अधिवेशनका लागि मंसिर ३० सम्मको समय तोकिएको छ भने केन्द्रीय महाधिवेशन माघ ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता दामोदर अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]