०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

पृथ्वीसँग ठोक्कियो सौर्य आँधी, आकाशमा रङको आश्चर्यजनक प्रदर्शन

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, बैशाख ३०, २०८१

समाचार एजेन्सी,३० बैशाख ।  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गरेकाे छ ।

शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन् । यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ । बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भने, “मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।” उहाँले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताए ।

एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भने, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नुपर्दैन ।”

एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोशनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्रा जस्तै हुने विश्लेषकहरूले बताएका छन् ।

“यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार हो : अरोरा”, स्टिनबर्गले भने । उनी र उनका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई क्याप्चर गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताए ।

रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाईमा आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]