०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

मोरङको वयरवनमा मिनि महाेत्वसव हुने

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, जेठ ०१, २०८१

कानेपोखरी , १ जेष्ठ । मोरङको कानेपोखरी ४ स्थित वयरवनमा प्रथम मिनि महोत्सव २०८१ हुने भएको छ । जेठ ३ गते देखि २४ गते सम्म सञ्चालन हुने साे मिनि महोत्सव वयरवनस्थित खोरिया जाने बाटोमा मेला लाग्नेछ । मंगलबार आयोजक श्री मातृ भुमी समाजसेवा युवा क्लबले वयरवनमा  पत्रकार सम्मेलनकाे आयाेजन गरी साे महाेत्वबारे जानकारी गराएकाे हाे ।

उक्त महत्सवकाे  व्यवस्थापन लोटस इन्टरटेन्डमेन्ट प्रालि दमकले गर्ने भएकाे छ । साे महाेत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुका साथै स्थानीय प्रतिभाहरुकाे प्रस्तुती रहने साे मेलाका प्रचार प्रसार  संयोजक सन्दिप खत्रीले जानकारी दिए । महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस लगायतका  खेलहरु समेत समावेश गरिने आयोजक श्री मातृ भुमी युवा क्लबका अध्यक्ष लिला बहादुर बुढाथोकीले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]