०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

प्रेस युनियनकाे काेशी भेला सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, जेठ ११, २०८१

विराटनगर,११ जेठ/ नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितासहित विभिन्न कार्यक्रम एव प्रदेश भेला सम्पन्न गरेको छ ।  दाैड प्रतियाेगितामा विराटनगरका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै विराटनगरकै अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए ।

त्यस्तै महिलातर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालुङ्गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । विजेता महिला पुरुष दुवैलाई बराबरी क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।महेन्द्र चोकबाट सुरु भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु ईनमा पुगेर समापन भएको थियो ।

दाैड प्रतियाेगिता पश्च्यात शुरु भएकाे प्रदेश भेलामा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले ६ जना  पत्रकारलाई समेत सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद डा. शेखर कोइराला, विराटनगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले  पत्रकारहरु खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडालाई सम्मान गरेका थिए ।

भेलामा १४ वटै जिल्ला शाखाका अध्यक्षहरुले महासंघ निर्वाचनको तयारी, युनियनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए । भेलामा युनियनका १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, युनियन र महासंघबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार समिति, परामर्श समितिलगायतको उपस्थिति रहेको महासचिव संजीव वाग्लेले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशले स्थापना गरेको पत्रकार सामाजिक सुरक्षा र उपचार कोषको समेत औपचारिक घोषणा गरिएको थियो । सोही अवसरमा ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषय विचार गोष्ठी पनि आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]