०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

योग दिवसका अवसरमा विराटनगरमा विविध कार्यक्रम

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

विराटनगर,७ असार/ १० औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आयोजित कार्यक्रममा योग प्रशिक्षक शोभा कोइरालाले ज्येष्ठ नागरिकहरुलाई एक घन्टा योगाभ्यास गराएकी थिइन् । त्यस्तै विगतमा विभिन्न रोगबाट पीडित भए व्यक्तिहरुले योग गरेपछि निको भएको भन्दै स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको बताएका थिए ।

कार्यक्रममा राम कोइराला, श्याम मेहताले नियमित योग गरेकै कारण आफूहरु रोग लागेर पनि पूर्ण निको भएको बताए । कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए । उनले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याउने दाबी गरे । स्वस्थ रहन योग अति नै जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, सञ्चारकर्मी माधव अधिकारीलगायतले योगको महत्वका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी कमला कँडेल र कृष्ण कँडेलले ज्येष्ठ नागरिक भवनका लागि १६ हजार ५ रुपैयाँ प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]