०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

स्वतन्त्र युवा क्लब रमाइलोको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ १५, २०८१

कानेपोखरी , १५ असार ।  स्वतन्त्र युवा क्लब रमाइलोले शुक्रबार  माेरङकाे कानेपोखरीमा रहेकाे ऐतिहासिक स्थल-पोखरीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा  “वृक्ष रोपौं स्वच्छ वातावरण कायम गरौं” भन्ने नाराको साथ क्लबले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

साे वृक्षराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भवेश गुरुङले रुख विरुवाहरु मासीदै आएको अहिलेको वर्तमान समयमा पर्यावरणलाई सन्तुलित राख्न  वृक्षाराेपणकाे कार्यक्रम आयाेजना गरिएकाे  जानकारी गराए । मन्त्वयकै क्रममा क्लबका सहसचिव साइमन गुरुङले बिरुवा रोपेर मात्र हुदैन विरुवाको संरक्षण गर्न सकिएन भने वृक्षरोपण गर्नुको कुनै औचित्यनै नहुने धारणा व्यक्त गरे । त्यस्तै आर्का वक्ता समाजसेवी सुशील राईले वृक्षरोपणले वातावरणलाई धेरैहद सम्म स्वच्छ बनाउन सकिने भन्दै  यस्ता कार्यक्रम फेरी फेरी पनि आयोजना गर्न क्लबलाई अनुराेध गरे ।  युवा नेता होमनाथ घिमीरेले वृक्षरोपणले कार्बन उत्सर्जनमा न्यूनीकरण गर्ने र यस्ता कार्यक्रमले वृक्षरोपण गर्नु पर्छ भन्न्ने अगामी आउने युवा पिडिहरुमा जानकारी हुने बताए ।

सव डिभिजन वन कार्यालय कानेपोखरीको सहयोगमा आयाेजित वृक्षरोपण कार्यक्रममा असोकको बिरुवा ,धुपी , मसला , अमला र शिरिषको विरुवाहरु रोपिएको स्वतन्त्र युवा क्लब कानेपोखरीका सदस्य कृष्ण पाचकोटिले बताए । कानेपोखरी ७ को वन कार्यालय , रमाइलो प्रहरी चौकी , जनसेवाको खेलमैदान , रमाइलोमा रहेको वृद्धा आश्रमा वृक्षरोपण गरिने स्वतन्त्र युवा क्लबका सचीव उपेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव उपेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमका कानेपोखरीका युवा नेता समाजसेवी , विधार्थीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]