०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

अमेरिकामा चक्र विज्ञान जागरण सप्ताह सम्पन्न : ४ सय बढी नेपाली लाभान्वित

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, आषाढ १८, २०८१

काठमाडौं, १८ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न एक साता चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । ध्यान, याेग र अध्यात्मकाे माध्यमबाट शरिरलाई स्वास्थ्य र स्फुर्त राख्ने विधि चक्र विज्ञान हाे ।  एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताउनुभयो । उहाँले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको अनुभूति अभिव्यक्त समेत गर्नुभयाे ।
कार्यक्रम सहभागी हुन पुगेका डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाउनु भयो । आर्का सहभागी ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवन प्रतिको उत्प्रेरणा जगाएको बताउनु भयो । उहाँले विभिन्न विधिहरूको उत्कृष्ट संयोजन भएको कार्यक्रमले हरेक मानिसको जीवन परिवर्तन गर्ने जनाउनुभयो । त्यस्तै सन्तोष सुब्बाले कार्यक्रम जीवनउपयोगी भएको बताउँदै कार्यक्रममा सिकेको ज्ञान र विधि र अभ्यासलाई निरन्तरता दिन सके मानवको उद्धार हुने महसुस भएको बताउनुभयो ।
कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपी ऊर्जा सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्नुभएको थियो । विश्व हिन्दु भुटानी संगठनको आयोजनामा अमेरिकाको ओहायो स्थित ओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाका विभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।
कार्यक्रम समापनमा अवसरमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष शुशिल शर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा.लक्ष्मिनारायण ढकाल, विश्व हिन्दु भुटानी संगठनका अध्यक्ष कमल धिमाल सहितका पदाधिकारीलगायतको उपस्थिती थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]