०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

फाउण्डेसनले मनायो जी.पी. काेईरालाकाे जन्मजयन्ती

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आषाढ १९, २०८१

विराटनगर, १९असार। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली अर्पण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष सुधिर रेग्मी ,मोरङ जिल्ला अध्यक्ष राजकुमार मण्डल र विराटनगरका नगर अध्यक्ष प्रविन जोशी नेतृत्वमा अस्पतालका १ सय ५० जना विरामीहरूलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा फाउण्डेसन मोरङका पूर्व अध्यक्ष कौशल निरौला, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविनराज सिंह, नेपाली कांग्रेसका युवा नेताहरु विनायक पन्त ,फाउण्डेशन प्रदेशको कोषाध्यक्ष शारदा मण्डल, प्रदेश सदस्यहरु चाँद इराकी, संझना पौडेल,जिल्ला सह सचिव अनुराग पाठक, सदस्य दीपक नेपाल लगायतको सहभागिता रहेको थियो ।

यसैगरी कोइरालाको जन्म शताब्दीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बहस कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, कोइरालाको जीवनीसँग सम्वन्धित फोटो प्रदर्शनी समेत आयोजना गरिएको छ । प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा लगायत नेता पुगेका छन् । कांग्रेसले अन्य जिल्लामा पनि कोइरालाको जन्मजयन्तिको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ असार १८ गते भएको थियो । २०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका कोइराला पाँचपटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको २०६६ साल चैत ७ गते काठमाडौंमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]